• Friday 9th of October 2026

आकाश चम्किँदा अफगानिस्तान संकटमा, गुम्यो छैटौं विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं,१२ माघ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत अहिले नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले ६ विकेट लिइसकेको छ। नेपालले अफगानिस्तानका शीर्ष तीन ब्याटरसहित ६ ब्याटरलाई आउट गरिसकेको छ।

नेपालले छैटौं विकेटको रुमपा अफगानिस्तानका हसन इसाखिलको विकेट गएको हो। उनलाई आकाश चन्दले आउट गरेका छन् । उनी २० रन जोडेर आउट भए ।

यसअघि आकाशले १० ओभरको पहिलो बलमा व्यक्तिगत चौथो विकेट लिदा नेपाललाई पाँचौँ सफलता हात लागेको थियो। आकाशले नेपालको पाँचौँ
विकेटका रुपमा अलि अहमदलाई पहिलो बलमा नै पेभेलियनको बाटो देखाएका थिए।

यसअघि उनले आठौँ ओभरको अन्तिम बलमा सोहेललाई क्याच आउट गराए।

दोस्रो ओभरको तेस्रो बलमा आकाश चन्दले खालिम तनिवाललाई शुन्य रनमा विकेट किपर विपिन रावलको हातबाट क्याच आउट गराए।

छैटौँ ओभरको पाँचौ बलमा आकाश चन्दले नै अर्का ओपनर जम्सुद जड्रानलाई ३ रनमा बोल्ड आउट गरे।

पहिलो ओभरको चौथो बलमा गुल्सन झाले ओपनर नुमान शाहलाई शुन्य रनमा नै दिपक डुम्रेको हातबाट क्याच आउट गराए ।

नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ ।

दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । यस खेलको विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

इष्ट लन्डनको बफेलो पार्कमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानले ताजा अवस्थामा ओभरमा ६ विकेटको क्षतिमा ४३ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖