• Monday 5th of October 2026

बजारमा बिक्री हुदै आएको कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन वी’ प्रयोग, नखान आग्रह


  • धनकुटा खबर
  • .

कटन क्यान्डीमा अखाद्य रङ ‘रोडामाइन वी’को प्रयोग गरिएकाले नखान आग्रह गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता कृष्णमोहन महर्जनले काठमाडौं विभिन्न स्थानका सडकपेटी, मेलाबजारमा बेच्न राखिएका रंगिन कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने खालका अखाद्य रङ रोडामान वीको प्रयोग गरिएकाले नखान आग्रह गरिएको बताए।

उनले खुला रुपमा बिक्री वितरण गरिरहेका कटन क्यान्डीको उपभोग नगर्न र आफ्ना बालबालिकालाई नदिनसमेत अनुरोध गरे। विभागले अखाद्य रंगको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न/नगराउनसमेत सबैलाई अनुरोध गरेको छ।

‘कतै अखाद्य रङ प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री विवरण गरेको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुने व्यवहोरा सबैलाई जानकारी गराइन्छ’, विभागद्वारा जारी सूचनामा भनिएको छ।

कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायले कटन क्यान्डीमा चिनीको मात्रा बढी, प्राकृतिक केमिकल, अखाद्य पदार्थ रहने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने बताए। उनका अनुसार कटन क्यान्डीले दाँतमा किरा लाग्ने, तौल बढाउने, स्मरण शक्तिमा कमी, पिसाबमा रङ देखिनेलगायत समस्या हुने गर्दछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖