नयाँ दिल्ली । यतिबेला दीपिका पादुकोण फाइटरका कारण चर्चामा छिन् । यो फिल्ममा ऋतिकसँगको उनको जोडीलाई दर्शकले निकै मन पराई रहेका छन् । फिल्म बक्स अफिसमा सुपरहिट साबित पनि भइसकेको छ । यतिबेला दीपिकाबारे आइरहेको अर्को खबर भने उनका फ्यानका लागि राम्रो छैन । दीपिका ककटेल २ को हिस्साका रूपमा नरहने भएकी छिन् ।
सैफ अली खान, दीपिका पादुकोण र डायना पेंटीको सुपरहिट फिल्म ककटेल सन् २०१२ मा रिलिज भएको थियो । यो फिल्मले दर्शकबाट निकै माया पाएको थियो । १२ वर्ष पछि यो फिल्मको सिक्वेल बन्दैछ । तर दुःखको कुरा यो फिल्ममा दीपिका र डायना दुबैलाई देख्न पाइने छैन । फिल्मको सिक्वेलमा दीपिका र डायनाको ठाउँमा सारा अली खान र अनन्या पान्डे रहनेछन् ।
खबरका अनुसार ककटेल २ का लागि यी दुई हिरोइनलाई लिने छलफल भइरहेको छ । फिल्ममा सैफ अलीको ठाउँमा कसलाई राख्ने भन्ने जानकारी अहिलेसम्म मेकरहरुले दिएका छैनन् । मेकरहरुले सिक्वेल नयाँ काष्टका साथमा बनाउने बताइएको छ । तर यसको पनि पूष्टि भइसकेको छैन । यी दुबैलाई केही अघि मेडक फिल्म्सको कार्यालयमा देखिएको थियो । ककटेल फिल्म यही प्रडक्शन हाउसले बनाएको हो ।
