• Tuesday 6th of October 2026

गायक तथा अभिनेता कोसिस क्षेत्रीले गरे विवाह


  • धनकुटा खबर
  • .

काठमाडौं । गायक तथा अभिनेता कोसिस क्षेत्रीले विवाह गरेका छन् । उनले माघ १७ गते प्रेमिका सन्ध्या ढुङ्गानासँग लगनगाँठो कसेका हुन् ।

लामो समयको प्रेम सम्बन्धमा यी दुईले विवाहमा परिणत गरेका हुन। यो जोडीको इन्गेजमेन्ट भने एक वर्ष अगाडी नै भइसकेको थियो।

कोसिसको गायन हुँदै अभिनयमा पाइला टेकेका कोसिसको स्थायी घर हेटौँडा हो।

उनले चलचित्र ‘मोक्ष’ बाट आफ्नो अभिनयको यात्रा सुरु गरेका थिए। उनी अभिनीत चलचित्रहरू ‘ऐंचोपैँचो’ र ‘परस्त्री’ पनि केही समय अगाडी रिलिज भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖