• Monday 5th of October 2026

ओलीलाई भेट्न बालकोट निवास पुगिन् मानुषी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल समाजवादी पार्टी (नेसपा)का नेता मानुषी यमी भट्टराई र जेकेन्द्र श्रेष्ठले भेट गरेका छन् ।

गत बुधबार साँझ भएको भेटको तस्वीर मानुषीले शुक्रबार फेसबुकमा सार्वजनिक गरेकी छन् । उनले भेटमा ‘समसामयिक राजनीतिक विषय’मा छलफल भएको बताइन् ।

उनका अनुसार भेटमा अध्यक्ष ओलीले नेपालको राजनीतिको विगत र वर्तमानको अवस्थाबारे बताएका थिए । करिब दुई घण्टा लामो भेटमा ओलीले मुलुकमा बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताएको भट्टराईले बताइन् ।

‘मलाई पहिलेदेखि नै भेट्न मन लागेको थियो, त्यो कुरा उहाँसम्म पुगेछ र मलाई बोलाउनु भयो । त्यसपछि हामी भेट्न गयौं,’ उनले अनलाइनखबरसँग भनिन्, ‘भेटमा राष्ट्रिय राजनीतिका विषयमा छलफल भए । उहाँ (केपी ओली)ले बलियो राष्ट्रिय शक्ति बनाउनुपर्छ भन्नुभयो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖