• Monday 5th of October 2026

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए१५ फाइभजी स्मार्टफोन सार्वजनिक, कति पर्छ मूल्य ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी ए१५ स्मार्टफोन सार्वजनिक भएको छ । कम्पनीले हालै नेपाली उपभोक्तामाझ यो फाइभजी स्मार्टफोन भित्र्याएको हो ।

फोन ९० हर्ज रिफ्रेस रेट सहित ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । एन्ड्रोइड १४ मा आधारित वन यूआई सिक्सबाट चल्ने फोनमा मिडियाटेक डाइमेन्सिटी ६१०० प्लस (६ एनएम) चिपसेट राखिएको छ ।

नेपाली बजारमा यो फोन ६/१२८ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टमा उपलब्ध छ, जसकाे मूल्य क्रमशः रु. २७,९९९, रु. २९,९९९ र रु. ३३,९९९ पर्नेछ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्राे लेन्स रहेको छ । त्यस्तै १३ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । कम्पनीले यसमा २५ वाटको वायर्ड चार्जिङ सहित ५०० एमएएचको ब्याट्री दिएको छ ।

यो फोन शून्य प्रतिशत ब्याजमा इन्स्टा फाइनान्स सेवाको साथ कालो निलो, निलो र हल्का निलोमा रङमा किन्न सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖