• Monday 5th of October 2026

सस्तोमा विदेश फोन गर्न मिल्ने १२२४ कोड हटायो नेपाल टेलिकमले


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल टेलिकमले सस्तोदरमा विदेशमा फोन गर्न सकिने १४२४ कोड हटाएको छ ।

नेपाल टेलिकमबाट विभिन्न देशमा सस्तोदरमा फोन गर्न सुरुमा १४२४ प्रयोग गर्न सकिने व्यवस्था थियो ।

हाल यो हटाएर नयाँ कोड राखिएको छ । टेलिकमका प्रवक्ता हरि ढकालले ‘सर्ट कोड’हरू धेरै भएर विस्तारै घटाउन यस्तो गरिएको बताए ।

विदेशमा सस्तोदरमा फोन गर्न अहिले १४२५ प्रयोग गर्न सकिने उनले जानकारी दिए । यस्तै, ०० अथवा १४४५ पनि प्रयोग गर्न सकिने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖