• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

म शून्य रनमा आउट हुनुनै निराशाजनक थियो, हारको जिम्मेवारी लिन्छु:कप्तान रोहित


  • धनकुटा खबर
  • .

काठमाडौं,९ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नामिबियाविरुद्धको खेलमा आफ्नो तर्फबाट पनि कमजोरी रहेको भन्दै आजको हारको जिम्मेवारी आफूले लिने बताएका छन् ।

आईसीसी विश्वलिग २ अन्तर्गतको नामिबियाविरुद्धको दोस्रो खेलमा नेपाल आज २ विकेटले पराजित भएको थियो । नेपालले टस हारेर सुरुवातमा ब्याटिङ गरेको थियो । सुरुआतमा ब्याटिङ गरेको नेपालले भरपर्दा ब्याटरहरु अनिल साह, देव खनाल र कप्तान रोहितलाई शून्य रनमै गुमाएको थियो ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोहितले आफू शून्य रनमा नै आउट हुनु टिमकै लागि निराशाजनक भएको बताएका छन् । उनले आजको खेलमा बलरहरुले निक्कै राम्रो गरेको भन्दै केही ब्याटरबाट रन बन्न नसकेको बताए ।

‘म शून्यमा आउट हुनु नै निराशाजनक थियो। त्यसको जिम्मेवारी म लिन्छु। नेपालबाट सोचे जस्तो सुरुवात भयो। पावर प्ले पनि राम्रो थियो’, उनले भने, ‘तर मेरो र दीपेन्द्र दाइको विकेटले टोलीलाई दबाब भयो। हामी २०० देखि २५० पुग्छौँ भन्ने थियो। तर त्यस्तो हुन सकेन।’

उनले क्रिकेटमा केही अनुमान गर्न नसकिने बताए। ‘नामिबियाले पनि मिहिनेत गरेको छ’, उनले भने, ‘हाम्रा बलरहरूले शतप्रतिशत दिएका छन् तर ब्याटिङमा केही कमजोरी भएको छ।’ file photo

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖