• Monday 5th of October 2026

६,००० एमएएच ब्याट्री भएको इन्फिनिक्सको सस्तो फोन स्मार्ट ८ प्रो नेपालमा, मूल्य १३ हजार


  • धनकुटा खबर
  • .

काठमाडौं । इन्फिनिक्सले आफ्नो नयाँ स्मार्टफोन स्मार्ट ८ प्रो नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले चार जीबी र्‍याम भएको यो फोन ६४ जीबी र १२८ जीबी गरी दुई ओटा स्टोरेज भेरियन्टमा ल्याएको हो ।

सस्तो फोनको रूपमा आएको स्मार्ट एट प्रो (Smart 8 Pro) को दुवै भेरियन्टबिच स्टोरेज बाहेक अन्य भिन्नता भने छैन । एमटी ६७६५ चिपसेट राखिएको यो फोनमा अपरेटिङ सिस्टमको रूपमा एन्ड्रोइड १३ उपलब्ध छ ।

फोनमा ७२०x१६१२ पिक्सेल एचडी प्लस ६.५६ इन्चको पन्चहोल डिस्ले राखिएको छ । क्यामेराको कुरा गर्नु पर्दा पछाडि भागमा अटोफोकस सहितको ५० मेगापिक्सेलको क्यामेरा रहेको छ भने सेल्फी तथा भिडिओ कलिङका लागि अगाडि भागमा आठ मेगापिक्सेलको क्यामेरा छ ।

६००० एमएएच ब्याट्री सहितको यो फोनमा साइड माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर समेत पाउन सकिन्छ । दुई ओटा सिम लाग्ने यो फोनको मूल्य नेपाली बजारमा ६४ जीबी भेरियन्टको १२ हजार ९९९ रुपैयाँ र १२८ जीबी भेरियन्टको १३ हजार ४९९ रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖