• Tuesday 6th of October 2026

नाजिर हुसेन सृष्टिसँग जोडी बाँध्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेता नाजिर हुसेन नयाँ फिल्ममा अनुबन्धित भएका छन् । सोमबार स्कृप्ट लिएर पूजा गर्दे नयाँ फिल्म ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो ।

यस फिल्ममा नाजिरसँगै अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् ।

ट्राइसीटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको छ । गौचनले यस अघि चर्चित टेलीसिरियल ‘उजेली’ निर्देशन गरेका थिए ।

‘केटी हराएको सूचना’मा नकिम उद्दिमको लगानी रहेको छ ।अम्बर महर्जन छायाँकार रहेको फिल्मको बिहीबार देखि काठमाडौँ र जनकपुरमा गरिने निर्माण पक्षले जनकारी दिएको छ ।अभिनेता नाजिरको यति बेला हलहरूमा फिल्म अगस्त्य च्याप्टर १ प्रदर्शनरत छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖