• Tuesday 6th of October 2026

हङकङ : प्रस्तुतिकै क्रममा कलाकार स्टेजबाट खसेपछि…


  • धनकुटा खबर
  • .

शनिबार राति हङकङमा भएको एक कन्सर्टमा संगीतकार स्टेजबाट खसेर घाइते भएपछि कार्यक्रम केहीबेर रोकिन पुग्यो।

हिजो (मार्च ९) राति चर्चित संगीतकार कार्ल वोङले हङकङ सम्मेलन तथा प्रदर्शनी केन्द्र (हङकङ कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टर)मा आफ्नो प्रस्तुति ‘कार्ल वोङ ह्याट्स अन कन्सर्ट ह्वाइल द म्युजिक लास्ट्स’ दिइरहेका थिए।

निकोलस चे, जुनो माक, लाय यिङ–तिङ ‘जेर’, जेरेमी लि लगायत धेरै कलाकार उपस्थित रहेको कार्यक्रममा वरिष्ठ संगीतकार दुर्घटनामा परी घाइते भएपछि कार्यक्रम केहीबेर रोकिन पुगेको हो।

५० वर्षका संगीतकार कार्ललाई उपचारार्थ अस्पताल लगिएको तथा सामान्य घाइते मात्र भएको जानकारी दिँदै रोकिएको कन्सर्ट २० मिनेटपछि पुनः सुरु भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖