• Sunday 18th of October 2026

मन्दिरको मूर्ति तोडफोड गरेपछि…


  • धनकुटा खबर
  • .

सर्लाहीको मलंगवामा मन्दिरभित्र पसेर मुर्ति तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ बस्ने ३३ वर्षीय राकेश बैठा रहेको प्रहरीले जनाएको छ।

मंगलवार साँझ मलंगवा ८ स्थि रहेको राजदेवी मन्दिर र वडा नम्बर ९ स्थित रहेको झिलमिलियामाइ मन्दिरमा तोडफोड भएको थियो।
घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा भेट्टाएको प्रमाणका आधारमा बैठालाई पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता तथा सूचना अधिकारी एसपी श्याम कुमार महतोले बताए।

उनका अनुसार बैठाविरुद्ध धर्म सम्बन्धी कसुरमा अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गर्ने अनुमती लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖