• Tuesday 6th of October 2026

‘प्रेग्नेन्सी फोटोसुट’मा दीपिका लेख्छिन्, ‘बच्चाको निर्णय महत्त्वपूर्ण छ’


  • धनकुटा खबर
  • .

काठमाडौँ । अभिनेत्री दीपिका प्रसाईँ आमा बन्दै छिन् । उनी पहिलो पटक आमा बन्न लागेकी उनलाई चिकित्सकले बैशाख पहिलो साताको ‘डेलिभरी डेट’ दिएका छन् ।

४ वर्ष अघि निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी हुन् । दीपिका र दिवाकर पहिलो सन्तानलाई स्वागत निकै उत्साहित छन् । आमा बन्नुभन्दा अगाडि उनीहरुले ‘प्रेग्नेन्सी फोटोसुट’ गराएका छन् । दीपिकाले शनिबार आफ्नो सामाजिक सञ्जालबाट ‘प्रेग्नेन्सी फोटोसुट’ शेयर समेत गरेकी छन् । तस्बिरमा कपल रोमान्टिक देखिएका छन् । तस्वीरसँगै क्याप्सनमा उनले लेखेकी छन्, ‘बच्चा जन्माउने निर्णय गर्नु महत्त्वपूर्ण छ । यो सदाको लागि आफ्नो हृदय आफ्नो शरीरबाहिर घुम्न जाने निर्णय हो ।’ उनको पोस्टमा सेलिब्रेटीहरुले बधाई दिएका छन् ।

दीपिकाले फिल्म ‘ऐश्वर्य’बाट अभिनयमा भित्रिएकी हुन् । यही फिल्मको क्रममा उनीहरूको उनको दिवाकरसँग प्रेम टुसाएको थियो । त्यसपछि ‘छक्का पञ्जा ३’, ‘हेल्लो जिन्दगी’ अभिनय गरेकी उनले केही अगाडि ‘मायावी’ छायाङ्कन सकाएकी छन् । गर्भावस्थामै उनले यो फिल्मको छायाङ्कन गरेकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖