• Tuesday 6th of October 2026

महिनावारीमा पेट दुख्ने समस्याले हैरान हुनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुहोस्


  • धनकुटा खबर
  • .

किशोरी अवस्थामा समस्या धेरै प्रकारका हुन्छन्। किशोर अवस्था महिलाका लागि संवेदनशील समय पनि हो। यो बेला शारीरिक र मानसिक सबै खाले परिवर्तन हुन्छ।यो अवस्थामा शरीरका बिभिन्न अंगमा समेत परिवर्तन आउँछ। शरीरमा जुन खालका परिवर्तन आउँछन् त्यसले थुप्रै खालका समस्याहरु समेत निम्त्याउने गर्दछ।महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ।

महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरसको मात्रामा परिवर्तन आउने गर्दछ।यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ।यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा योनिमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुदा यस्तो प्रकारको दुखाइ हुने गर्दछ।

यही रागरसको परिवर्तनले गर्दा महिनावारी हुनुअघि कब्जियत हुने, थकाइ लाग्ने तथा कसै कसैलाई डन्डीफोर आउने जस्ता लक्षणहरू पनि देखा पर्दछन्।घरेलु तरिका अपनाएर महिनावारी हुदा पेट दुख्ने समस्यालाई समाधान गर्न सक्छौ। रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेकाउन सकिन्छ। त्यसै गरी तातो पानीलाई रबडको थैली मा राखेर दुखेका ठाउमा विस्तारै सेक्न पनि सकिन्छ।

रबडको थैली नभएका खण्डमा सिसी मा तातो पानी राखी दुखेका ठाउमा सेक्न सकिन्छ । त्यसै गरी दुखेका ठाउमा विस्तारै हलुका मालिस गर्नाले पनि दुखाइ कम हुन्छ।यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ जसले शरीरलाई कमजोर हुन दिदैन। हलुका व्यायाम गर्नाले पनि दुखाइ कम हुन्छ।

दुखाई कम गर्न घरेलु तरिका

१) दुधः दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पुरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ।

२) मेवाः महिनावारी भएको बेला खानाले फाइदा पु–याउँछ। धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ। यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ।

३) गाजरः गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ। स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ।

४) घिउकुमारीः महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्ने गर्दछ।

५) तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस्।

६) तातो पानीले नुहाउनुहोस्ः तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ।

७) अदुवाः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस्। यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ।

८) व्यायामः हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो। उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ।

९) बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायिक हुन्छ।

१०) चुकन्दरको ताजा रस सानो गिलासको, १ गिलास दैनिक बिहान १ महिनासम्म पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाईलाई मद्दत पुग्दछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖