• Monday 5th of October 2026

अश्लील हर्कत गर्ने प्रशासकीय अधिकृत काजीमानलाई बाह्रदशीमा हाजिर गर्न रोक


  • धनकुटा खबर
  • .

झापा, कार्यकक्षमै महिला कर्मचारीसंग अश्लील हर्कत गरेको भिडियो भाइरल भएका काजीमान राईलाई बाह्रदशी गाउँपालिकामा हाजिर गर्न रोक लगाईएको छ ।

आज बसेको बाह्रदशी गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो। स्रोतका अनुसार गत १४ गते हाजिर भएका राईलाई फिर्ता पठाई नयाँ प्रशासकीय अधिकृतका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाईने छ।

ईलामको माइजोगमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा राईले एक महिला कर्मचारीसंग अश्लील गतिविधि गरेको भिडियो सामाजिक सञ्जाल भाईरल भएको थियो।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र महिला कर्मचारीले लेखा शाखाको कार्यकक्षमा अनैतिक क्रियाकलाप गरेको सीसीटिभी फुटेज बाहिरिएको थियो । मंगलवारदेखि सामाजिक सञ्जालमा भाइरल भएका प्रमुख प्रशासकीय अधिकृत बाह्रदशीमा सरुवा भई आएका थिए । बाह्रदशीमा उनले दुई दिन हाजिर गरेका थिए ।

केही महिनाअघि माइजोगमाइ गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । तर, तत्कालै आगो नियन्त्रणमा लिइएपछि क्षति हुन पाएको थिएन । केही स्थानीयले पालिकाको कार्यालयमा आगलागी भएको नभई आर्थिक अनियमितता र अश्लील क्रियाकलाप ढाकछोप गर्न कर्मचारीले नै आगजनी प्रयास गरेको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖