• Wednesday 7th of October 2026

पाकिस्तानमा राष्ट्रपति जरदारीकी छोरी राजनीतिमा प्रवेश


  • धनकुटा खबर
  • .

इस्लामावाद । पाकिस्तानका राष्ट्रपति असिफ जरदारीकी कान्छी छोरी असिफा भुट्टो जरदारी औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेकी छन् । राष्ट्रियसभामा पिताको रिक्त पदका लागि असिफाले आफ्नो उमेदवारी दर्ता गराएकी छिन् ।

सिन्ध प्रान्तको एनए–२०७ निर्वाचन क्षेत्रमा हुन लागेको उप–निर्वाचनका लागि आइतबार उनले आफ्नो मनोनयन दर्ता गराएकी हुन् । एनए–२०७ सिटमा जरदारीले जितेका थिए । हालै उनी राष्ट्रपति भएपछि सो सिट रिक्त रहेको थियो ।

जरदारीले कान्छी छोरी असिफालाई प्रथम महिला बनाउने अनुमान चुलिएको छ । पाकिस्तानमा यो अनुमान सत्य सावित भएमा राष्ट्रपतिको पत्नीलाई दिइने प्रथम महिलाको पदवी छोरीले पाएको यो पहिलोपटक हुनेछ ।

असिफाकी आमा बेनजिर भुट्टो जरदारी पाकिस्तानको एकमात्रै महिला प्रधानमन्त्री हुन् । सन् २००७ मा रावलपिन्डीमा भएको आत्मघाती बम हमलामा उनको हत्या भएको थियो । आसिफाका दाजु बिलवाल यसअघि इमरान खानको कार्याकालमा पाकिस्तानका विदेशमन्त्री रहेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖