• Monday 5th of October 2026

आफ्नो मोबाइलमा कहिल्यै सेभ नगर्नुस् यी ४ कुराहरु, नत्र पछि पछुताउनुपर्ला !


  • धनकुटा खबर
  • .

प्रायः हामीले आफ्नो सजिलोका लागि आफ्नो मोबाइल फोनमा यस्ता जरुरी कुराहरु पनि सेभ गर्दछौँ, जुन कुरा अरु कसैको हातमा पर्यो भने त्यो निकै महंगो सावित हुनसक्छ ।सम्भझने झण्झटबाट मुक्त हुन वा पछि खोजेको बेला सजिलै प्राप्त गर्न सकिन्छ भन्ने मनसायले मोबाइल फोनमा आफ्ना संवेदनशील सूचना, तस्वीर, लगायतका चिजहरु सेभ गर्ने गर्नुभएको छ भने सावधान । तपाइँले आफ्नो मोबाइलमा कहिल्यैपनि यी चिजहरु सेभ नगर्नुहोस्ः

१. पर्सनल नम्बर कहिलेकाहीँ मानिसहरु आफ्नो नागरिकता नम्बर, पासपोर्ट नं। , प्यान नम्बर, बैंक अकाउन्ट नम्बर आदि समेत आफ्नो मोबाइलमा सेभ गर्दछन् । आकस्मिक रुपमा आवश्यक परेमा तत्कालै प्राप्त गर्न सकिने सजिलोका लागि मानिसहरुले यसो गरेका हुन्छन् । तर यस्ता नम्बरहरु गोप्य तथा संवेदनशील हुन्छन् । त्यसैले भुलेर पनि आफ्नो माबेबाइलमा सेभ नगर्नुहोस् ।

२. पासवर्ड आजकल हरकोहीका इन्टरनेटमा विभिन्न अकाउन्ट हुन्छन् । त्यसैले मानिसहरुसँग धेरै भन्दा धेरै इन्टरनेट अकाउन्टका पासवर्ड हुन्छ । धेरै पासवर्ड भएपछि स्मरण गर्न गाह्रो हुने भएकाले धेरैको बानी हुन्छ त्यस्ता पासवर्डलाई मोबाइलमा सेभ गरिराख्ने । त्यो गरेपछि न त पासवर्ड सम्भिmनैपर्ने झण्झट, न त भुलिने डर । तर यसरी पासवर्ड मोबाइलमा सेभ गरेर राख्नु राम्रो हुँदैन । अझ अनलाइन सपिङ साइट तथा अनलाइन बैक अकाउन्टको पासवर्ड भुलेर पनि मोबाइलमा सेभ नगर्नुहोस् । मोबाइल चोरी भएको वा अरु कसैको हातमा परेको स्थितिमा अर्को व्यक्तिले तपाइँको पासवर्ड दुरुपयोग गर्न सक्दछ ।

३. आफ्ना संवेदनशील फोटो तथा भिडियो
आफ्नो सरीरका कुनैपनि खालका निजी फोटो खिच्ने स्वतन्त्रता तपाइँलाई हुन्छ । तर आफ्ना त्यस्ता निजी फोटो तथा भिडियोहरु जुन अरुले नहेरुन् भन्ने चाहनुहुन्छ वा अरुले देख्दा तपाइँको प्रतिष्ठामा धक्का लाग्छ, त्यसलाई कहिल्यैपनि मोबाइल फोनमा सेभ गरेर नराख्नुस् । खासगरी आफ्ना अन्तरंग पलका तस्वीर तथा भिडियोलाई मोबाइलमा सेभ गर्ने कार्यबाट टाढै रहनुहोस् ।

४. डेबिट तथा क्रेडिट कार्डको तस्वीर
कहिलेकाहीँ मानिसहरु आफ्ना आवश्यक दस्तावेज, जस्तै डेबिट तथा क्रेडिट कार्ड समेतको फोटो खिचेर आफ्नो मोेबाइल्मा राख्ने गर्दछन् । यसमा त किार्डको दुबैतर्फको फोटो हुने भएकाले त्यसमा कार्डको नम्बर, एक्साएरी डेट लगायतका जानकारीहरु देखिन्छन्, जुन तेश्रो व्यक्तिले प्राप्त गरेर दुरुपयोग गर्ने सम्भावना पनि हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖