• Monday 5th of October 2026

फोनमा स्टोरेज कम भएर समस्या पर्‍यो ? यी हुन् समाधानका ३ टिप्स


  • धनकुटा खबर
  • .

काठमाडौं । उसो त आजकल सबैसँग धेरै र्‍याम र स्टोरेजवाला स्मार्टफोन बजारमा उपलब्ध छन् । हुनत सुपथ मूल्यमै १२८ जीबी स्टोरेजसम्मका फोन पाइन्छन् । तर, स्टोरेजको समस्या चाहिं अझै पनि कायमै छ।

फोन छ त त्यसमा फोटो भिडियो पनि हुन्छन् र त्यसका अतिरिक्त अन्य विभिन्न आवश्यक एपहरु प्नि अवश्य रहन्छन् ।

वास्तवमा फोन आज हाम्रो जीवनको अहम् हिस्सा बनेको छ। तर फोनको मेमोरी कम हुँदा कहिलेकाहीं हामीलाई निकै समस्या पनि पर्दछ । यस्तोमा फोनमा मेमोरी बढाउने केही टिप्स यस्ता छन्ः

१. क्लाउड स्टोरेजको प्रयोग गर्नुहोस्ः

फोनमा सबैभन्दा धेरै मेमोरीको खपत फोटो तथा भिडियोहरुमा हुन्छ । त्यसैले स्टोरेज बँचाउनका लागि गुगल फोटोज तथा अन्य क्लाउड स्टोरेज सर्भिसको प्रयोग गर्नुहोस् र फोनको स्टोरेजलाई आराम दिनुहोस् ।

पछिल्लो समयमा विभिन्न मोबाइल कम्पनीहरुले पनि क्लाउड स्टोरेज अफर गर्न थालेका छन् ।

यस्तोमा तपाइँ क्लाउड स्टोरेजको प्रयोग गरेर आफ्ना फाइलहरुलाई फोनको स्टोरेजको साटो सर्भरमा राख्न सक्नुहुन्छ । कतिपय क्लाउड सर्भिसका लागि शुल्क तिर्नुपर्ने पनि हुन्छ।

२. टेम्पररी फाइलहरु हटाउनुहोस्ः

फोनमा क्यास मेमोरीलाई डिलिट गरेर पनि भण्डारणलाई खाली गर्न सकिन्छ । यसका लागि स्टोरेजमा गएर एपहरुलाई खोल्नुहोस् र त्यहाँबाट क्यासलाई हटाउन सक्नुहुन्छ।

क्यास भनेका अस्थायी फाइलहरु हुन् जो फोनमा संग्रहित भएका हुन्छन् । फोनको स्टोरेजमा गएर एकसाथ पूरै क्यास फाइल डिलिट गर्न सकिन्छ।

३. सफाइ एपको प्रयोग गर्नुहोस्ः

फोनको मेमोरी भरिंदै जाँदा हामी धेरैले विभिन्न खालका क्लिनिंग एपको प्रयोग गर्दछौं।

यसको साटो गुगलको फाइल एपको प्रयोग गर्नुहोस् । त्यसले क्लिनिङ एपको पनि काम गर्दछ । त्यसमा विभिन्न प्रकारका चिजहरु एकसाथ देखिन्छन्, जस्तै junk file, duplicate file, memes, large files आदि। त्यसैले क्लिनिङ एपको प्रयोग गरेर स्टोरेजलाई उल्लेख्य मात्रामा खाली गर्न सकिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖