• Tuesday 6th of October 2026

कुन समयको यौन सम्पर्कले गर्भ रहन्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौं : विवाहपछि सन्तान उत्पादन सबैको चाहना हो। र, नवविवाहित जोडीमा जिज्ञासा हुन सक्छ– कुन समयमा कसरी यौन सम्पर्क गर्दा गर्भ रहन्छर ? यसका लागि प्रस्तुत जानकारी लिँदा लाभ नै पुग्ला। पुरुषको ‘शुक्रकीट’ महिलाको गर्भाशयमा रहेको अन्डसँग मिलेर फर्टिलाइज भएपछि गर्भ रहन्छ। र, यसका लागि महिला तल र पुरुष माथि भएर यौन सम्पर्क गर्नु सबैभन्दा उपयुक्त हुने विज्ञको भनाइ छ।

यसको अर्थ अन्य आसनबाट यौन सम्पर्क गर्दा गर्भाधान हुँदैन भन्नेचाहिँ होइन। यस्तै डिम्ब निष्कासन भएको पाँच दिनअघि तथा त्यही दिन यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना बढी हुन्छ।

महिनावारी नियमित छ भने डिम्ब निष्कासन सामान्यतया अर्को महिनावारी सुरु हुनुभन्दा १४ दिन पहिल्यै हुन्छ। धेरैजसो महिलामा डिम्ब निष्कासन महिनावारीको मध्यबिन्दुभन्दा ४ दिन पहिले वा पछि हुन सक्छ।

डिम्ब १२ देखि २४ घन्टासम्म फर्टिलाइज हुनसक्छ। यौन सम्पर्कका क्रममा प्रवेश गरेको पुरुष शुक्रकीट महिला प्रजनन प्रणालीमा ५ दिनसम्म रहन सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖