• Tuesday 6th of October 2026

स्तनको शल्यक्रिया गराउने यी मोडलको मृत्यु


  • धनकुटा खबर
  • .

लन्डन । बेलायती मोडल तथा ब्यूटिसियन डोना बटरफिल्डको मृत्यु भएको खुलासा भएको छ । स्पेनमा स्तनको शल्यक्रिया पछि ३० वर्षीया बेलायती मोडलको मृत्यु भएको एक रिपोर्टले दाबी गरेको छ ।

न्युज डट कम एयुमा प्रकाशित समाचार अनुसार यो घटना सेप्टेम्बर २०२३ मा भएको थियो, जब डोना बटरफिल्डले माजोर्काको पाल्माको एक निजी क्लिनिकमा स्तनको दुईवटा शल्यक्रिया गराइन्।

यसभन्दा केही वर्षअघि उनले आफ्नो स्तनको आकार बढाउनको लागि शल्यक्रिया पनि गराएकी थिइन् तर केही समस्याका कारण उनले पुनः शल्यक्रिया गर्नुपरेको थियो, जसको लागत स्वरूप ११ हजार ६५० अमेरिकन डलर खर्च गरेकी थिइन् ।

समाचार ब्यूटीशियन डोना बटरफिल्डलाई पहिलेदेखि नै मुटुको समस्या रहेको र एनेस्थेसियाको प्रतिक्रियाका कारण हृदयघात भएको दाबी गरिएको छ। यसपछि उनलाई पाल्माको सन एस्पेस युनिभर्सिटीको अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको १४ सेप्टेम्बर २०२३ मा मृत्यु भयो।

डोना बटरफिल्डको परिवारले उनको शल्यक्रिया गर्दा सावधानी अपनाइएको दाबी गरेको थियो। बेलायती मोडलका परिवारले कस्मेटिक सर्जनमाथि आरोप लगाए पछि भने बल्ल प्रहरीले पनि यस विषयमा अनुसन्धान सुरू गरेको छ ।

यस सम्बन्धमा क्लिनिकका प्रबन्धक र एनेस्थेटिस्टलाई पक्राउ गरिएको छ । क्लिनिकका ६९ वर्षीय प्रबन्धकलाई हत्या र शल्यक्रियामा लापरबाही गरेको आरोपमा मुद्दा दायर गरिएको थियो । प्रहरी अनुसन्धानले बिरामीलाई जोखिमबारे सचेत नगरी दोस्रो कस्मेटिक शल्यक्रिया प्रक्रिया सुरु गरेको पाइएको छ ।

पुलिस रिपोर्टका अनुसार ब्यूटीशियन डोना बटरफिल्डको हृदयघातको क्रममा टाउकोमा गम्भीर चोट लागेको थियो, जसबाट उनी निको हुन सकिनन्। बटरफिल्ड दुई हप्ता भन्दा कम पछि मरेकी थिइन । यो खुलासा तब भयो जब क्लिनिकका निर्देशकलाई स्पेनिस नेसनल पुलिसले माजोर्कामा पक्राउ गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖