काठमाडौं । चलचित्र निर्देशक शोभित बस्नेतले आफुलाई अभिनेत्री पुजा शर्माले चलचित्र प्रदर्शनको मुखमा साथ नदिएको बताएका छन् । शोभितको निर्माता निर्देशनमा चलचित्र ‘बद्री बहादुर’ यही २३ चैतबाट रिलिज हुँदैछ । यो चलचित्रको एउटा गीतमा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेतले अभिनय गरेका छन् ।राजधानि दैनिकमा खबर छ । उनीहरुले पुलिस दाई भन्ने गीतमा अभिनय गरेका हुन् । चलचित्रको प्रदर्शन सँघारमा पुग्दा पनि पुजा र सलोन यो चलचित्रको कुनै पनि कार्यक्रममा उपस्थित भएका छैनन् । सोही कारण उनी यसका निर्देशका सोभित यतिबेला निराश भएका हुन् ।
शोभितले चलचित्र बद्री बहादुरको पोष्टरमा सोलन र पुजालाई महत्वका साथ राखेका छन् । तर चलचित्र बद्री बहादुरको ’दयगतमा आयोजित पत्रकार सम्मेलनदेखि अन्य कार्यक्रममा समेत पुजा र सलोन सहभागी भएका छैनन् । बुधबार चलचित्रको ’दयगतमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मीले यो विषयमा जिज्ञासा राख्दा शोभितले आफुलाई पुजा र सलोनले चलचित्रको प्रचार प्रसादमा साथ नदिएको बताएका छन् । यो विषयमा उनले भने,‘हाम्रो अनुरोधमा यो चलचित्रको एउटा गीतमा पुजा र सलोनले अभिनय गरिदिएका छन् । यो चलचित्रको प्रचार प्रसारमा उनीहरुले पनि सघाउँछन भन्ने आशा मैले लिएको थिएँ, तर उनीहरुले सघाएनन् ।’
आफुलाई पुजा शर्माले चलचित्रको प्रचार प्रसारमा साथ नदिए पनि आफुले उनको चलचित्र आउँदा सघाउने उनले बताए,‘उहाँले मेरो चलचित्रको लागि समय नदिए पनि उहाँका नयाँ चलचित्र दान्भी र रावायणको प्रचार प्रसारको क्रममा म पोष्टर टाँस्न समेत तयार हुनेछु ।’
नेपाली चलचित्र उधोगमा चलचित्रकर्मीबीच एकता नरहेको पनि शोभितले गुनासो गरे,‘यहाँ कुनै नेपाली चलचित्र हिट भयो भने बाँकीहरु निर्मातालाई टेन्सन सुरु हुन्छ । तर कुनै चलचित्र असफल भयो भने उनीहरु खुसी मनाउँदै भोज खान समेत पछि पर्दैनन् ।’ चलचित्रकर्मीहरु बीच एकता नभएकै कारण नेपाली चलचित्र उधोग माथि उठ्न नसकेको पनि उनले बताए ।
चलचित्र बद्री बहादुर हास्य प्रधान चलचित्र भएको बताउँदै अहिले आर्थिक मन्दिका कारण नेपालीहरु तनावमा रहेकाले दुई घन्टा हलमा हँसाउने प्रयास आफुहरुले यो चलचित्रबाट गर्ने पनि उनले बताएका छन् । चलचित्र पूर्ण मनोरञ्जनमा केन्द्रित भएको पनि उनले जिकिर गरे ।
