• Monday 5th of October 2026

मोरङको बेलबारीमा कवाडि सामानबाट इलेक्ट्रोनिक बाइक निर्माण


  • धनकुटा खबर
  • .

मोरङको बेलबारी वडा नं.२ लालभित्तिमा बसोबास गर्ने र हाल श्री सुकना माध्यमिक विद्यालयको कक्षा-९ मा अध्ययनरत इन्द्रजित शाह र उनको टिमले इ-बाइकको प्रोटोटाईप निर्माण गरेको छ।

सानैदेखि विभिन्न कवाडि सामानहरूको भेलापारी नयाँ काम योग्य वस्तुहरू बनाउनमा चाख राख्ने उनीले हालसम्म यस्तै कवाडि सामानहरूको प्रयोग गरी विभिन्न सामग्रीहरूको निर्माण गरिसकेका छन्।

विद्यालयमा पढ्दा विज्ञान विषयप्रति चासो व्यक्त गर्ने उनले अहिले वार्षिक परीक्षाको समापनपछिको खाली समयको सदुपयोग गरी केही नयाँ सिर्जना गर्ने उद्देश्यले इ-बाइकको प्रोटोटाइप निर्माण गरेका हुन।

जसमा १२ भोल्टको ब्याट्री, ७५० आरपीएमको मोटर, डिजिटल डिस्प्ले स्पिडोमिटर, इलेक्ट्रोनिक सर्किट बोर्ड र अन्य सामग्रीको प्रयोग गरेका छन्। परिवारको सहयोग र साथीभाइको हौसलाबाट अनुमानित ४० हजारको बजेटमा उनले करिब ३५ किलोमिटर सम्म चल्ने इ-बाइकको प्रोटोटाइप निर्माण गरेका हुन्।

उनका अनुसार निर्माण गरेको इ-बाइकको प्रोटोटाइप प्रयोग गर्नका लागि सस्तो, सजिलो र भरपर्दो रहेको बताउँछन्। जस अनुसार सो बाइकले दैनिक करिब ५ रुपैयाँको बिजुली खपत गरी ३५ किलोमिटर सम्मको यात्रा तय गर्न सकिन्छ।-फटाफट नेपाल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖