• Wednesday 7th of October 2026

‘कार दुर्घटना’पछि रोकिएको ‘कमेडी च्याम्पियन’को प्रसारण कहिलेदेखि


  • धनकुटा खबर
  • .

काठमाडौं । चैत दोस्रो साता टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटनामा पर्‍यो । निर्देशक विशाल भण्डारीसहित शोका प्रतिस्पर्धी घाइते भए । एकजना अहिले पनि उपचाररत छन् ।

उक्त दुर्घटनापछि तेस्रो सिजनको प्रसारण प्रभावित बन्यो । निर्देशक भण्डारी केही दिन प्रहरी हिरासतमा बसे । केही सातादेखि पुरानै श्रृंखला दोहोर्‍याएर शो प्रसारण भइरहेको छ । नयाँ कार्यक्रम रोकिएपछि शोको प्रसारण अन्योलमा देखियो ।

दर्शकमाझ शोलाई लिएर अन्योल सिर्जना भइरहेको सन्दर्भमा ‘कमेडी च्याम्पियन’ले दर्शकको यो चासो मेट्ने प्रयास गरेको छ । सामाजिक सञ्जाल ह्याण्डलबाट विज्ञप्ति जारी गर्दै प्रस्तुतकर्ता थ्री प्रोडक्सनले आगामी सातादेखि उत्कृष्ट १० को प्रस्तुति हेर्न पाउने उल्लेख गरेको छ ।

दुर्घटनाका घाइते पाँचजना अस्पतालबाट डिस्चार्ज भएको उल्लेख गर्दै उक्त विज्ञप्तिमा सहायक निर्देशक सुशान्त बस्यालको स्वास्थ्यमा सुधार आएको जनाइएको छ ।

यो शोलाई रीमा विश्वकर्मा र मेक्सम गौडेलले होस्ट गरिरहेका छन् । सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायकको रुपमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖