• Wednesday 7th of October 2026

सनी लियोनीको हिमेश रेशमियासँग रोमान्स


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । अभिनेत्री सन्नी लियोनीको हातमा यति बेला नयाँ फिल्म छ । प्रभु देवाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सनी लियोनी महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् । फिल्ममा उनी हिमेश रेशमियासँग रोमान्स गर्नेछिन् ।

सन्नी लियोनीको यो नयाँ फिल्मको सुटिङ विदेशमा हुनेछ । यसका लागि अभिनेत्री मस्कट पुगिसकेको बताइएको छ । सन्नीको प्रभुदेवासँगको दोस्रो प्रोजेक्ट हो । अभिनेत्रीले यसअघि फिल्म ‘पेट्टा र्‍याप’को गीतमा प्रभुसँग काम गरिसकेकी छिन् । नयाँ फिल्मको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

सन्नी लियोनी र हिमेश रेशमियाले सँगै काम गर्न थालेको यो पहिलो पटक हो । हाल अभिनेत्री चर्चित डेटिङ शो ‘स्प्लिट्सभिला’को १५ औँ सिजन होस्ट गरिरहेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖