यसपालि म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्ने भएको छ। चैत २६ गते (एप्रिल ८) सोमवार औँसीका दिन उत्तर अमेरिकाका मानिसहरूले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाउने भएका छन्।
नेपाल र एसियाबाट भने यसपालि खण्डग्रास सूर्यग्रहण नदेखिने भएको छ। सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ। त्यसबेला उषाकाल वा सन्ध्याकाल भए जसरी दिउँसै अँध्यारो हुन्छ।
यो शताब्दीको सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण, तर नेपालबाट नदेखिने १९ नोभेम्बर २०२१ खगोलशास्त्रमा सन् २०२१ का मुख्य आकर्षण १६ जनवरी सन् २०२४ को खग्रास सूर्यग्रहण प्रशान्त महासागरमा सुरु हुनेछ। कुक द्वीपको पेनरिन एटोलका बासिन्दाले स्थानीय समया अनुसार बिहान ६ बजेर ४० मिनेट जाँदा सूर्य कालो भएको देख्ने छन्।
त्यसपछि चन्द्रमाको सघन छाया पृथ्वीको सतहमा प्रति घण्टा २,५०० किलोमिटरको गतिमा पर्ने छ। त्यसले स्थानीय समया अनुसार ११ बजेर ७ मिनेट जाँदा मेक्सिको तट पार गर्ने छ र म्याक्सिको र अमेरिका बीचको रिओ ग्र्यान्डी सीमा स्थानीय समयानुसार १ बजेर २७ मिनेट जाँदा पार गर्ने छ।
