• Tuesday 6th of October 2026

सेक्स पावर बढाउन अनारको जुस


  • धनकुटा खबर
  • .

यदि तपाईंको यौन साथी सेक्सको नाम सुन्नासाथ टाढा भाग्छन् या सेक्सप्रति रुची राख्दैनन् भने चिन्ता नलिनुस्, एक गिलास अनारको जुस पिउन दिनुहोस्। एक अध्ययनबाट अनारको जुसले सेक्स क्षमता बढाउने पुष्टि भएको छ।

अध्ययनका अनुसार कम्तीमा १५ दिन अनारको जुस पिउनाले त्यसको असर देखिनेछ। एडिनबर्गको क्वीन मार्गरेट विश्वविद्यालयका शोधकर्ताहरुले अध्ययनमा सामेल गराएका महिला तथा पुरुषलाई १५ दिनसम्म दैनिक एक गिलास अनारको जुस पिउन दिए, जसबाट उनीहरुको टेस्टोस्टेरोन हर्मोनको स्तर बढ्यो। यो हर्मोनले पुरुष तथा महिला दुवैलाई सेक्सको इच्छा बढाउछ। यो अध्ययन २१ देखि ६४ वर्षसम्मका महिला तथा पुरुषमा गरिएको थियो।

किशोरावस्थामा यही हर्मोनका कारण पुरुषमा दार्‍ही, जुँगा आउछ, आवाज धोद्रो हुन्छ र सेक्सको इच्छा बढ्दै जान्छ। यस्तै, महिलामा टेस्टोस्टेरोनले एड्रेनल ग्रन्थी र डिम्बाशयमा असर पर्छ र सेक्सको इच्छा बढाउछ, हड्डी तथा मांसपेशी मजबूत बनाउछ। यतिमात्र नभई यो हर्मोनले महिला तथा पुरुष दुवको मूडलाई राम्रो बनाउछ र स्मरणशक्ति पनि बढाउछ। तनावबाट मुक्ति दिलाउछ।

अध्ययनमा मानिसको टेस्टोस्टेरोनको स्तर, रक्तचाप तथा उनीहरुमा पैदा हुने नकारात्मक भावना पनि मापन गरिएको थियो जसमा टेस्टोस्टेरोनको स्तर १६ प्रतिशतदेखि ३० प्रतिशतसम्म बढेकोपाइएको थियो भने रक्तचापमा गिरावट आएको पाइएको थिया। यसबाट सकारात्मक भावना बढ्ने र नकारात्मक भावना घ्टने हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖