• Sunday 18th of October 2026

गैँडाकोटबाट हराएका १३ बर्षिय बालकको शव भेटियो


  • धनकुटा खबर
  • .

गैँडाकोट-नवलपुरको गैँडाकोटबाट हराइरहेका एक बालक नारायणी नदीमा मृत अवस्थामा फेला परेका छन् ।

गैँडाकोट नगरपालिका वडा नं. ५ आदर्श चोकबाट हराएका ४ बर्षिय अस्विन बस्याल नारायणी नदीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

एल्लो हाउस होटल भन्दा ठीक तलपट्टी नारायणी नदीमा बालकको शव फेला परेको हो ।

नदीमा नुहाउन गएका बखत बालक नदीमा डुबेर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । आज विहान ८ वजे बालकको शव भेटिएको र पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

अस्विन चैत्र २३ गते दिउसो ३ वजेदेखि हराइरहेका थिए । परिवार र आफन्तजन उनको खोजिमा जुटेका थिए । बालकको मृत्युले परिवारमा पिडा थपिएको छ । बर्दघाटबाट बसाइसराइ गरि गैँडाकोट आएका अस्विन दुई दिदिहरुसँगै कोठा लिएर भाडामा बस्दै आएका थिए । अस्विनका बुवाआमा रोजगारीको शिलशिलामा विदेशमा रहनुभएको छ ।-उज्यालो खबरबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖