• Wednesday 7th of October 2026

दुई टेलिभिजन शो ल्याउँदै राजेश हमाल


  • धनकुटा खबर
  • .

अभिनेता राजेश हमालले दुई वटा टेलिभिजन शो सञ्चालन गर्ने भएका छन्।

उनले टेलिभिजन शो ‘सफलताको कथा’ र ‘यो नेपाली शिर उचाली’ सञ्चालन गर्न लागेका हुन्।

टेलिभिजन शो ‘सफलताको कथा’ नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबदेखि नेपाल टेलिभिजन र डिजिटल ओएसआर रियालिटीमार्फत प्रशारणमा आउने भएको छ। त्यस्तै ‘यो नेपाली शिर उचाली’ हिमालयन टेलिभिजनमार्फत छिट्टै प्रसारण हुनेछ बताइएको छ।

‘यो नेपाली शिर उचाली’ मा विश्वभर फैलिएका नेपालीहरूको सपना र संघर्षको वास्तविक कहानी देखाइने छ।

कर्मठ हातको कथा, रगत पसिनाको कथा कार्यक्रम ‘सफलताको कथा’ को १८ भाग अमेरिकामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्व र क्यानाडामा रहेका एक व्यक्तित्वको गरी १९ भाग तयार गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖