• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इंग्ल्यान्डका ब्याटरको स्थान दिल्लीमा दक्षिण अफ्रिकाका बलरले लिने


  • धनकुटा खबर
  • .

एजेन्सी । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लिजाड विलिययम्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् ।

दिल्लीले इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकको स्थानमा उनलाई टोलीमा समेटेको हो ।

आक्रामक युवा ब्याटर ब्रुकले पारिवारिक कारण आईपीएल नखेल्ने बताएका थिए । विलियम्सले यस आईपीएल खेले वापत ८० लाख नेपाली रुपैयाँ पाउनेछन् ।

३० वर्षीय विलियम्सले दक्षिण अफ्रिकाबाट दुई टेस्ट, चार ओडीआई र ११ टी२० आई खेल खेलेका छन् । टी२० आईमा १६ विकेट लिँदा उत्कृष्ट प्रदर्शन ३–३५ छ । दिल्लीको टोलीमा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिच नोर्किया पनि छन् ।

नोर्कियाले पावर प्ले र मध्यक्रममा राम्रो गर्दा डेथ ओभरमा भने खराब बलिङ गर्दै आएका छन् ।

दिल्ली ५ खेलमा १ मा जित र ४ मा हारसहित पुछारमा छ । राजस्थान ४ खेलमा ८ र कोलकाता ३ खेलमा ६ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖