• Tuesday 6th of October 2026

कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहदैन ? जानी राखौ…


  • धनकुटा खबर
  • .

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ ।

गर्भधारणलाई यसरी पनि बुझ्न सकिन्छ :
महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । सामान्यतया महिनावारी शुरु भएको १४ दिन पछि डिम्ब निष्कासन हुन्छ। त्यो बेलामा योनी भित्र जिबित शुक्रकीट भएमा वा डिम्ब मर्नु अगाबै (निस्केको दुई दिन भित्र) शुक्रकीट संग भेट भएमा गर्भ रहन्छ ।

तलको चित्र अनुसार ११औ दिन यौंन संपर्क गरेको बीर्य, डिम्ब निष्कासन हुने १४औँ दिन सम्म जिवितै रहने सम्भावना रहन्छ तेसैले ११ औँ देखि १५ औँ दिन सम्म यौंन संपर्क गर्दा गर्भ रहन सक्छ ।

जान्नु पर्ने कुरा:
– डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ
– महिलाको योनी भित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ

सामान्यतः महिनावारी शुरु भएको दिन देखि नवौं दिन सम्म यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ ।

महिनावारी ठीक २८ दिनमा नै नभएर ढिलो चाँडो हुन्छ भने यो फर्मुला काम नगर्न पनि सक्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरूलाई लिएर हिसाब गर्नु पर्छ । सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ ।

उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिन पछि भएको रहेछ भने:
२४ -१८ = ६ हुन्छ, अर्थात् छैटौं दिन पछि सम्भोग गर्दा गर्भ रहन सक्छ ।

तेस्तै ३१ – ११ = २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहदैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖