• Wednesday 7th of October 2026

जिममा आगलागी हुँदा ५ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

हङकङ । हङकङको याउ मा तेइस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

जोर्डन रोड याउ मा तेइस्थित भवनमा रहेको जिममा बुधबार आगलागी भएको हो ।

आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् । आगो नियन्त्रणमा आइसकेको र आगोमा फसेकाहरूलाई उद्धार गरिएको बताइएको छ ।

घटनामा घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖