• Wednesday 7th of October 2026

इजरायलले इरानलाई आक्रमण गरेमा सबैखाले साथ दिने : अमेरिकी राष्ट्रपति


  • धनकुटा खबर
  • .

इरानले इजरायललाई आक्रमण गरेमा अमेरिकाले इजरायललाई सबै खालको साथ दिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

इरानको महावाणिज्य दूतावासमा दश दिन अगाडि इजरायलले रहेको सैन्य हमलाको विरोधमा इरानले जवाफी आक्रमण गर्न लागेको समाचारका बिच बाइडेनको यस्तो भनाइ आएको हो ।

बीबीसीका अनुसार इरानी आक्रमणमा इजरायल परेमा अमेरिकाले साथ दिने भन्दै बाइडेनले भनेका छन्, ‘इजरायलको सुरक्षाको रक्षाको लागि हामीले गर्नुपर्ने सबै थोक गर्न तयार छौँ ।’

इजरायलले सिरियाको सहर दमास्कसमा आक्रमण गर्नु इरानमा आक्रमण गरे सरह भएको इरानी शीर्ष नेताको भनाइ आएसँगै इरानी आक्रमणको चर्चा भएको हो ।

हालसालै अमेरिकी अखबार ब्लुमबर्गले अमेरिकी गुप्तचर सूचनामा आधार भएर इरानले २४ देखि ४८ घण्टासम्ममा इरानमा प्रमुख हमला गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖