• Wednesday 7th of October 2026

विवाहअघि लिभ–इनमा बस्न आवश्यक :जीनत अमान


  • धनकुटा खबर
  • .

मुम्बई । दिग्गज अभिनेत्री जीनत अमानले आफ्नो इन्स्टाग्राममा सम्बन्धको सल्लाह दिँदै पोस्ट सेयर गरेकी छिन् । बिहेअघि सँगै बस्न जरुरी रहेको उनको विश्वास छ । जीनतले छोरालाई पनि यही सल्लाह दिएकी छन् ।

आफ्नो कुकुर ‘लिली’ को तस्बिर सार्वजनिक गर्दै जीनतले लेखेकी छन्, ‘सबैभन्दा पहिले, म तपाईंलाई बताउन चाहन्छु, मेरी पागल लिली आज दिउँसो बगैँचामा रमाइलो गर्दैछिन् । लिली मुम्बईको सडकबाट उद्धार गरिएकी सडक कुकुर हो । उनी मेरो छाया हुन्, र मैले घरपालुवा जनावर उद्धारलाई समर्थन गरेको गर्दछु ।’

जीनतका अनुसार एक फ्यानले उनलाई सोसल मिडियामा सम्बन्धबारे सल्लाह मागेका थिए । जसको जवाफमा उनले भनिन्, ‘मलाई व्यक्तिगत धारणा राख्न दिनुहोस्, जुन मैले यसअघि कहिल्यै साझा गरेकी छैन । यदि तपाईं सम्बन्धमा हुनुहुन्छ भने, विवाहअघि सँगै बस्न महत्त्वपूर्ण छ।’

‘मैले छोरालाई पनि यही सल्लाह दिएको छु,’ उनले भनिन्, ‘जो लिभ–इन रिलेशनशिपमा छन्, म भन्न चाहन्छु कि यो मलाई एकदमै तार्किक लाग्छ । जब दुई व्यक्तिले आफ्नो परिवार र सरकारलाई बीचमा ल्याउँछन्, तिनीहरूले आफ्नो सम्बन्धको अन्तिम परीक्षा गर्नुपर्छ।’

जीनतका केही घण्टा कसैसँग बसेर आफ्नो उत्कृष्ट संस्करण देखाउन धेरै सजिलो छ। तर चौबीसै घण्टा कसैसँग बस्नु, बाथरुम सेयर गर्नु, नराम्रो मुड सहनु, डिनरमा एउटै कुरामा सहमत हुनु अप्ठ्यारो छ । ‘बिहेपछि तपाईंको जीवनमा लाखौँ झगडा आउँछन् । यस कारणले गर्दा, प्रत्येक जोडीले विवाह अघि सँगै बस्नुपर्दछ र तपाईं यो सबै सँगै सहन तयार हुनुहुन्छ कि छैन भनेर जान्नुपर्छ,’ उनको भनाई छ ।

अन्त्यमा उनले लेखेकी छिन्– ‘मलाई थाहा छ भारतीय समाज ‘लिभ–इन रिलेशनशिप’मा अलि कडा छ । तर समाज अन्य धेरै कुराहरूमा कडा नै छ ।’ जीनत अमानले सन् १९७८ मा अभिनेता सञ्जय खानसँग विवाह गरेकी थिइन् । तर एक वर्षपछि सम्बन्ध टुट्यो । त्यसपछि जीनतले १९८५ मा अभिनेता मजहर खानसँग विवाह गरे, जसबाट उनी दुई छोरा ( अजान र जहान छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖