काठमाडौँ – गर्मी सुरु भएसँगै अब अम्बाको सिजन सुरु हुन्छ । अथवा गर्मी महिना असार साउनतिर बजारमा अम्बा आइपुग्छ । अम्बा स्वाद मात्र मिठो होइन्, यो फल स्वादका लागि मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ ।
यस फलमा भिटामिन बी ६, कार्बोहाइड्रेट, पोटासियम, भिटामिन सी, क्याल्सियम र आइरन जस्ता महत्वपूर्ण पोषक तत्वहरू पाइन्छ जुन तपाईंको स्वास्थ्यका लागि प्रभावकारी हुन्छ।
अम्बा धेरै प्रकारका स्वास्थ्य सम्बन्धी समस्याहरूलाई हटाउन प्रभावकारी हुन्छ। तर यदि तपाई पेट सम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ भने यो फल तपाईका लागि जीवनरक्षक जस्तै हुनेछ ।
यस्ता छन्, अम्बा खानुका फाइदा
पाचन प्रणाली बलियो बनाउँछ
पाचन प्रणालीलाई बलियो बनाउन अम्बा निकै राम्रो मानिन्छ । यदि तपाई सधैं पाचन सम्बन्धी समस्याबाट त्रसित हुनुहुन्छ भने अम्बाको सेवन गर्नु तपाईको लागि फाइदाजनक हुन सक्छ । अम्बा मात्र होइन, यसको पातले पाचन क्रियालाई पनि सुधार गर्छ । यसको पातलाई पिसेर कालो नुन मिसाएर खानुहोस्, यसले पेट दुख्ने समस्या निको हुन्छ ।
अपचमा फाइदाजनक
यदि तपाईलाई पनि सधैं अपचको समस्या छ, भने आफ्नो आहारमा अम्बा समावेश गर्न सक्नु हुनेछ । खानापछि अम्बाको सेवन गर्दा अपचको समस्याबाट छुटकारा मिल्छ । यसका साथै पाचन क्रियामा पनि सुधार हुन्छ । यसका साथै अपचको समस्याबाट छुटकारा पाउन भुटेको अम्बा खानुहोस्, यसले तपाईलाई फाइदा पुग्छ ।
कब्जियतमा प्रभावकारी
कब्जियतका बिरामीको अवस्था निकै खराब हुन्छ । यदि तपाई पनि यो समस्याबाट ग्रसित हुनुहुन्छ भने यसलाई नियन्त्रण गर्न भुटेको अम्बाको सेवन सुरु गर्नुहोस् । सबैभन्दा पहिले अम्बालाई फ्राइ गर्ने । त्यसपछि यसलाई टुक्रामा काटेर कालो नुन लगाएर खानुहोस् । भुटेको अम्बा खाँदा पुरानो खोकीबाट पनि राहत मिल्छ ।
एसिडिटीमा प्रभावकारी
एसिडिटी र ग्यासका बिरामीले नियमित रूपमा अम्बाको सेवन गर्नुपर्छ । अम्बा अम्लीय प्रकृतिको फल हो जसले एसिडिटी हटाउँछ। यस्तो अवस्थामा यसको सेवनले ग्यास र एसिडिटीको समस्या हट्छ ।
