• Wednesday 7th of October 2026

पक्राउबारे राजेशपायलले खोले मुख


  • धनकुटा खबर
  • .

मदिरा पिएर होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईले उक्त घटनाबारे प्रतिक्रिया दिएका छन्।

एक कार्यक्रममा अन्तर्वार्ताका क्रममा राईले उक्त घटनाबारे बाल्दै सानो कुरालाई ठूलो बनाइएको बताएका छन्।

उनले आफूले मदिरा सेवन नगरेको तर साथिहरुले सेवन गरी होहल्ला गरेको भने स्वीकारेका छन्। राति आफूहरुलाई प्रहरीले पक्राउ गरेको शैलीप्रति भने उनले आपत्ति जनाएका छन्।

उनले भनेका छन्, ‘चार-चारवटा भ्यान ल्याउनुपर्छ २ बजे हो भनेदेखि। ६ जना मान्छेलाई त एउटा भ्यानले पुगिहाल्छ नि।,’

पक्राउ गर्ने प्रहरीलाई आफूले जवाफ दिएको समेत उनलेले बताए। उनले भनेका छन्, ‘यो चीजले तपाईंहरुको फुली बढ्छजस्तो, छाती चौडा भयो त ? तपाईंको शिर झुक्दैन ? न्युज लेखाउँदा पनि एकदम मत्थु मातेको थियो भन्दा मजा आयो राजेशपायल राईलाई?’

उनले मान्छे भएपछि गल्ती हुनु स्वभाविक रहेको बताएका छन्। ‘यहाँ त शिव भगवानले भाङ धतुरो खान्छ, गाँजासाजा खान्छ। उहाँ अहिले जीवित भएको भए त वन्यजन्तु आरक्षको बाघको छाला काढेकोमा जेल हाल्छ। भगवानलाई पनि जेल हाल्न तयार छन् यी मान्छेहरु। म त मान्छे हो,’ उनले भने।

मदिरा पिएर होहल्ला गरेको आरोपमा प्रहरीले गायक राजेशपायल राई चैत २२ गते पक्राउ गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖