• Monday 5th of October 2026

एप्पलले आईफोन प्रयोगकर्तालाई भन्यो, ‘तपाइको मोबाइलको जासुसी भइरहेको छ’


  • धनकुटा खबर
  • .

क्यार्लिफोनिया, २९ चैत । एप्पलले आफना आफना आइफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ ।  

 

कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोन माथी जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो । 

 

विश्वका ९१ देशका आईफोन प्रयोगकर्ताहरूलाई फेरि एकपटक चेतावनी दिदैँ आईफोन पेगासस आक्रमण जारी रहेको जनाएको हो । 

 

एप्पले मेसेज पठाए लगत्तै हंगामा मच्चियो तर पछि कम्पनीले यसलाई कुनै राज्यले प्रायोजित गरेको भन्दै अस्वीकार गरेको थियो । 

 

गत बुधबार रातीको घटनाको बारेमा कुरा गर्दा प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन् । तर, उनीहरूको दर्ता गरिएको इमेलमा यो कथित जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖