• Wednesday 7th of October 2026

अभिनेता सलमानको घरबाहिर गोली चल्यो


  • धनकुटा खबर
  • .

मुम्बइ— अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ् भएको छ।

आइतबार बिहान ५ बजे तिर मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउन्ड हवाई फायरिङ् गरेर फरार भएका छन्। यो घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ।

मुम्बई प्रहरीले कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले लोरेन्स बिश्नोई जेलमै भए पनि बाहिर रहेको उनको समूहले फायरिङ् गरेको हुनसक्ने अनुमान लगाएको छ। अहिले प्रहरीले सलमानको सुरक्षालाई थप बढाएको छ।

अभिनेता सलमानलाई ग्याङस्टार लरेन्स बिश्नोईले कैयौँ पटक ज्यानको धम्की दिइसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖