• Wednesday 7th of October 2026

सिड्नीको चक्कु प्रहारको घटना महिला लक्षित


  • धनकुटा खबर
  • .

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा हालै एक मलमा भएको चक्कु प्रहारको घटनामा आक्रमणकारीको निशाना महिला नै भएको देखिएको प्रहरीले बताएको छ । ४० वर्षीय जोएल काउशीले शनिबार भिडभाड धेरै भएको वेस्टफिल्ड बोन्डी जंक्शन कम्प्लेक्समा चक्कु प्रहार गरेका थिए ।

यस आक्रमणमा मारिएका ६ जनामध्ये ५ जना महिला थिए । आक्रमणमा एक बालिकासहित धेरै जना घाइते भएका छन् ।

‘काउशीले स्पष्ट रूपमा महिलाहरूलाई लक्षित गरेका थिए,’ न्यु साउथ वेल्सका प्रहरी आयुक्तले अस्ट्रेलियाली टिभी च्यानल एबीसी न्युजलाई भनेका छन् । यस घटनामा ३० वर्षीय सुरक्षा गार्ड फराज ताहिरको पनि मृत्यु भएको थियो ।

ताहिरले आक्रमणकारीलाई रोक्न खोजेका थिए । ताहिर शरणार्थी थिए । उनी अस्ट्रेलिया आएको धेरै समय भएको थिएन । घटनामा मारिनेमा ताहिर एक मात्र पुरुष हुन् ।

‘भिडियोमा सबै कुरा स्पष्ट छ । मैले पनि यो देखिरहेको छु । अनुसन्धानकर्ताहरुले पनि आक्रमणकारीले महिलाहरूलाई निशाना बनाएर पुरुषहरूलाई छाडिदिएको देखेका छन्,’ प्रहरी आयुक्तले भने । मानसिक स्वास्थ्य ठिक नहुनु यो घटनाका कारण हुन सक्ने घटना लगत्तै अधिकारीहरूले बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖