• Monday 5th of October 2026

फेसबुकमा अर्को समस्या, पोस्टहरु गायब !


  • धनकुटा खबर
  • .

काठमाडौं । फेसबुकमा पुन समस्या आएको छ । मेटा प्लेटफर्मको फेसबुकमा पोष्टहरु नदेखाउने समस्या देखिएको हो ।

बिहान ९ बजेदेखि अहिले १२ बजेसम्मको बिचमा फेसबुकमा समस्या देखिएको ‘डाउन डिटेक्टर’ ले उल्लेख गरेको छ ।

‘डाउन डिटेक्टर’ का अनुसार फेसबुक एप्लिकेशनमा ५४ प्रतिशत, वेबसाइटमा २६ प्रतिशत र फेसबुक प्रोफाइलहरूमा २० प्रतिशत समस्याको रिपोर्टहरू आएको छ ।

फेसबुकमा गरिएका पोष्टहरु खालि देखाइरहेको छ । फेसबुकले सबैको डाटाहरू रिकभर गरिरहेको केही अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरेका छन् ।

पछिल्लो केही समयदेखि मेट प्लेटफर्महरूमा बारम्बार समस्या देखिँदै आएको छ । जसको जवाफमा मेटाले आधिकारिक धारण दिएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖