• Wednesday 7th of October 2026

गोलीकाण्डपछि पहिलोपटक अपार्टमेन्ट बाहिर देखिए सलमान


  • धनकुटा खबर
  • .

हालै बलिउड अभिनेता सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको थियो। उक्त घटनापछि सलमानलाई वाइ प्लस श्रेणीको सुरक्षा दिइएको छ। जसमा ११ जना प्रहरी खटिने व्यवस्था छ।

यस घटनापछि सलमान पहिलोपटक घरबाट बाहिर निस्किएका छन्। उनको एक भिडिओ भाइरल भइरहेको छ। जहाँ उनी सुरक्षाकर्मीहरूको साथ देखिएका छन्।

सलमान खानको अपार्टमेन्ट बाहिर गोली चलाउने घटनामा संलग्न दुई व्यक्तिलाई मुम्बई क्राइम ब्रान्चले सोमबार राति गुजरातमा पक्राउ गरेको छ।

पुलिसले पत्रकार सम्मेलनमा आरोपीको नाम विक्की गुप्ता र सागर पल बताएका छन्। उनीहरू दुवै जना बिहारमा बस्छन्।

उनीहरूलाई गोली चलाउन बिश्नोई ग्याङका रोहित गोदाराले सुपारी दिएका थिए। अनमोल बिश्नोईले रोहितलाई उक्त काम सुम्पिएका थिए। अनमोल लोरेन्स बिश्नोईका भाइ हुन्।

शनिबार बिहान मोटरसाइकलमा आएका दुई जनाले सडकबाटै सलमान खान बस्ने घरमा गोली चलाएका थिए। उनीहरूले गोली चलाउन चोरीको मोटरसाइकल प्रयोग गरेका थिए।

त्यहाँ उनीहरूले पाँच राउन्ड गोली चलाएर फरार भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖