• Wednesday 7th of October 2026

मुला खाइसकेपछि भुलेर पनि नखानुहोस यी चिज, नत्र पछि पछुताउनु पर्ला


  • धनकुटा खबर
  • .

मुला प्रायः हरेकको भान्सामा रहने तरकारी हो। कहिले सलादको रुपमा कहिले अचार त कहिले मुलाको परौठा र तरकारी समेत बनाएर खाने गरिन्छ ।

मुलामा भएको तत्व र दुधमा भएको तत्वको मिश्रणबाट छालासम्बन्धी रोग उत्पन्न हुनसक्छ। मुलाबाट बनेको खानेकुरा खाएको कम्तिमा दुई घण्टापछि दुध पिउन अनुशन्धानकर्ताहरुको सुझाब छ।

यति मात्रै होइन मुला सेवनले पाचन प्रणाली राम्रो बनाउने आम विश्वास पनि छ। तर कतिपय तरकारी र फलफूलसँगै मुला खाएमा स्वास्थ्यमा गम्भीर हानी पुग्ने अध्ययनहरुले देखाएका छन्। निम्न उल्लेखित तरकारी, फलफुलसँगै मुला नखान चिकित्सकहरूको सुझाव छ।

यति मात्रै होइन मुला सेवनले पाचन प्रणाली राम्रो बनाउने आम विश्वास पनि छ। तर कतिपय तरकारी र फलफूलसँगै मुला खाएमा स्वास्थ्यमा गम्भीर हानी पुग्ने अध्ययनहरुले देखाएका छन्। निम्न उल्लेखित तरकारी, फलफुलसँगै मुला नखान चिकित्सकहरूको सुझाव छ।

करेला : करेला र मुलालाई कहिल्यै पनि सँगै नखान चिकित्सक तथा अनुशन्धाताहरूको सुझाब छ । यी दुई फलफुलमा पाइने प्राकृतिक तत्वको रियाक्सनले मानव शरीरमा गम्भीर असर पार्ने चिकित्सकहरूको चेतावनी छ। मुला र करेलासँगै सेवन गरेमा श्वासप्रश्वास र मुटुसम्बन्धी रोग बढ्ने अध्ययन रिर्पोटहरूमा उल्लेख छ।

सुन्तला : मुलासँग सुन्तलाको सेवन पनि हानिकार मानिन्छ । अनुशन्धाताहरूले सुन्तला र मुलाको मिश्रणबाट विष उत्पन्न हुने चेतावनी दिएका छन्। यी दुईबाट निस्कने तत्वले पेटसँग सम्बन्धीत मात्रै होइन शरीरका अन्य भागमा पनि गम्भीर असर पर्ने उनीहरुको चेतावनी छ।

कांक्रो : कतिपय मानिस कांक्रो र मुलाको मिश्रणलाई उत्तम ठान्छन् । तर अनुशन्धानकर्ताहरुले कांक्रो र मुला एकैसाथ नखान सुझाब दिएका छन् । मुलामा पाइने एस्कार्बिनाजले शरीरमा भएको ‘भिटामीन सि’ लाई सोस्छ । भिटामिन सिको अभावमा तपाईलाई गम्भीर असर पर्नसक्छ ।

दुध : हुन त दुधलाई कहिल्यै पनि नुनिलो र अमिलो वस्तुसँगै खानु हुँदैन । साथै मुला मिसाएर पकाएको तरकारी सेवन गरिरहेको बेला पनि दुध पिउनु हुँदैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖