• Wednesday 7th of October 2026

इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा अमेरिका र युरोप


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिका र युरोपेली संघले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले आगामी दिनमा यस दिशामा कदम चाल्न सकिने बताएकी छन् ।

यसैबीच, युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यस विषयमा काम गरिरहेको बताएका छन् ।

इरानले गत हप्ता इजरायलमा ३०० ड्रोन र मिसाइल प्रहार गरेको थियो। इजरायलले लगभग सबै ड्रोन र मिसाइलहरू खसालेको दाबी गरेको छ।

इजरायलले शनिबार आफ्नो भूमिमा भएको आक्रमणपछि तेहरानको क्षेप्यास्त्र कार्यक्रममा प्रतिबन्ध लगाउन आफ्ना सहयोगीहरूसँग माग गरेको छ।

यस कार्यक्रममा संयुक्त राष्ट्र संघको प्रतिबन्धको म्याद अक्टोबरमा सकिएको थियो। तर, तेहरानको क्षेप्यास्त्र कार्यक्रममा अमेरिका, युरोपेली संघ र बेलायतले लगाएको प्रतिबन्ध जारी छ र नयाँ प्रतिबन्ध पनि लगाइएको छ ।

अप्रिल १ मा, सिरियामा इरानको वाणिज्य दूतावासमा हमला भएको थियो, जसमा इरानको रिभोलुसनरी गार्डका शीर्ष कमाण्डर र उनका सहायकसहित १३ जनाको मृत्यु भएको थियो।

इरानले शनिबार इजरायलमा भएको आक्रमणलाई अप्रिल १ मा भएको घटनाको बदलाको रूपमा वर्णन गरेको छ।

इजरायलले अप्रिल १ मा भएको आक्रमणको जिम्मेवारी लिएको छैन। यद्यपी इजरायलले उचित समय आएपछि इरानको आक्रमणको जवाफ दिने दाबी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖