• Wednesday 7th of October 2026

यूएईमा ७५ वर्षपछि वर्षाले ल्याएको सन्नाटा


  • धनकुटा खबर
  • .

दुबई । युनाइटेड अरब इमिरेट्समा ७५ वर्षपछि आएको सबैभन्दा ठूलो वर्षाले सन्नाटा छाएको छ । कतिपय स्थानमा २५० मिलिमिटर सम्मको वर्षा करिब २४ घण्टा सम्म महसुस गरिएको स्टेट मिडिया अफिसले बुधवार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

सो वर्षाले सडकमा बाढी आउनुका साथै रुख ढल्ने र भवनका छाना समेत फाटेका थिए । सन् १९४९ पछि मध्यपूर्वको यो देशमा वर्षाका कारण यस्तो हबिगत विगतमा कहिल्यै पनि देखिएको थिएन ।

मङ्गलवार करिब १२ घण्टाको अवधिमा १ सय मिलिमिटर सम्मको वर्षा निरन्तर भएको थियो । वर्षा यति चाँडो र यति व्यापक रूपमा आयो कि गाडीमा चढिरहेकाहरू गाडी छोडेर कुदेका थिए ।

किनकि बाटोमा बाढी आइसकेको थियो । जलवायु परिवर्तनका कारण पछिल्लो समयमा यस खालको वर्षालाई स्वाभाविक रूपमा नै लिने गरिएको छ । विश्वकै दोस्रो सबैभन्दा व्यस्त मानिने दुबई एयरपोर्ट बुधवार समेत आंशिक रूपमा अवरुद्ध भएको थियो । अधिकांश विमान कम्पनीले त्यहाँका उडान रोकेका थिए ।

अर्को खाडी देश ओमानमा आएको बाढीमा १८ मानिस मारिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖