• Wednesday 7th of October 2026

इश्लाम धर्मालम्बीले अब उधारो र सापटीको ब्याँज तिर्नु नपर्ने


  • धनकुटा खबर
  • .

टोरोन्टो, ७ बैशाख । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्, जसको सर्वत्र चर्चा भइरहेको छ । 

 

वास्तवमा ट्रुडो सरकारले ‘हलाल मोर्टगेज योजना’ सुरु गर्ने निर्णय गरेको छ। यसपछि क्यानडामा बहस सुरु भएको हो । 

 

जनताले सामाजिक सञ्जालमा सरकारलाई प्रश्न सोधिरहेका छन् । कतिपयले यसलाई विशेष समूहलाई फाइदा पु¥याउने प्रयास भनेका छन् । एक प्रयोगकर्ताले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘हलाल मोर्टगेज योजना देशमा क्रोधित जनतालाई लुकाउने प्रयास हो।’

 

धेरैले यसलाई ‘वेक आइडिया’ भनेका छन्, जसले समाजको एक वर्गलाई फाइदा पुर्‍याउने उद्देश्य राखेको छ। कतिपयले प्रधानमन्त्री जस्टिन ट्रुडोको लोकप्रियता घट्दै गएको भन्दै उनलाई बचाउन यस्तो निर्णय गरेको बताएका छन् ।

 

हलाल मोर्टगेज योजना इस्लामको कानून पछ्याउँछ, जसमा ब्याँज लिनु हराम मानिन्छ। यहूदी र ईसाई धर्ममा पनि ब्याँजलाई पापको रूपमा हेरिन्छ। इस्लाम जान्नेहरूले उधारो लिन सकिन्छ भन्ने विश्वास गर्छन् तर त्यसमा ब्याज लिनु पाप हो। यस्तो अवस्थामा सरकारले मुस्लिमहरूका लागि मात्र हलाल मोर्टगेज योजना घोषणा गर्‍यो।

 

क्यानडाका केही व्यक्तिहरूले हलाल मोर्टगेज योजना लागू गरिसकेका छन्, तर अब यसलाई सार्वजनिक बैंकहरूमा पनि लागू गर्ने विचार भइरहेको क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖