• Monday 5th of October 2026

मस्कको सुझाव- रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !


  • धनकुटा खबर
  • .

काठमाडौँ । स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच शान्तिको अपील गरेका छन् ।

आफ्नो एक्स ह्यान्डलमा आफ्नो सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको फोटो सेयर गर्दै मस्कले एकअर्कालाई होइन, ताराहरूमा रकेट पठाउनुपर्छ भनेका छन् ।

इरानले आक्रमण गरेको ६ दिनपछि शुक्रबार बिहान इजरायलले इरानमा ड्रोन र मिसाइल प्रहार गरेको दाबि गरिएको थियो । तर इरानले भने इजरायलले कुनै आक्रमण नगरेको दाबी गरेको छ ।  

यहि अप्रिल १३ मा इरानले इजरायलमा ३०० भन्दा बढी मिसाइल प्रहार गरेको थियो । यस अवधिमा उनीहरूले इजरायलको नेभाटिम एयरबेसलाई निशाना बनाएपनि इजरायलले लगभग सबै आक्रमणलाई असफल बनाएको थियो ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖