• Sunday 18th of October 2026

दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनलाई रुपन्देही अदालतले ४ लाख धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार अदालतले यस्तो आदेश दिएपनि दीपेश भने कारागार चलान भएका छन् ।

माओवादी नेता एवं पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश अदालतले मागेको ४ लाख रुपैयाँ जुटाउन नसक्दा कारागार चलान भएका हुन् l

दीपेशका साथी एवं पूर्व उपराष्ट्रपति पुनका पूर्वप्रेस सल्लाहकार मनोज घर्ती मगरले शुक्रबार साँझ सामाजिक सञ्जाल मार्फत चार लाख धरौटी रकम तिर्न नसक्दा कारागार तर्फ बिदा गरेको जनाउँदै कसैले पत्याएमा ऋण लिएर धरौटी बुझाएर कारागारबाट निकाल्ने बताएका छन् ।

दीपेशका दाजु जितेन्द्रमाथि सुन तस्करीको अभियोग लागेको छ भने उनीमाथि सुप्रिम सहकारी ठगी यो अभियोग छ ।

मनोजले यस्तो लखेका छन्:

मेरो बाल्यकालको साथी, नाताले जेठान, जनक्रान्तिका सहयोद्धा दीपेश पुनलाई हामीले रुपन्देही जिल्ला अदालतबाट कारागारतर्फ बिदा गर्‍यौँ । उहाँलाई सुप्रिप सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले चार लाख धरौटी माग गर्‍यो । हामीले उक्त रकम जुटाउन सकेनौँ । आरोप अर्ब ठगी, धरौटी माग चार लाख, हामी त्यो पनि तिर्न सकेनौँ । एक साथी, आफन्तको नाताले पश्चात्ताप पनि लागिरहेको छ । कसैले पत्याए भने हामी ऋण, सापट गरेर धरौटी बुझाउने छौँ । र, खुल्ला आकाशमा स्वागत गर्नेछौँ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖