• Sunday 18th of October 2026

पाँचथरमा जीप दुर्घटना हुँदा १४ जना घाइते, ९ गम्भिर


  • धनकुटा खबर
  • .

काठमाडौ । मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडकखण्ड अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाका अनुसार पाथिभारा मन्दिरको दर्शन गरी फर्कने क्रममा मे १ ज १९४७ टाटाको सुमो आइतबार बिहान १०:३० बजेको समयमा दुर्घटनामा परेको हो।

दुर्घटनामा एकै परिवारका १३ सहित एक चालक गरी १४ जना घाइते भएको सूचना अधिकारी कुश्वाहाले जानकारी दिए।

घाइते हुनेहरुमा उदयपुरको त्रियुगा घर भएका जीप चालक प्रविण दनुवार, ताप्लेजुङ मिक्वाखोला-२ का चन्द्रप्रसाद थापा, झापा मेचीनगर-६ की वन्धना भण्डारी, उनका छोरा प्रसान सुवेदी र छोरी प्रसना सुवेदी, ताप्लेजुङ फुङलिङ-३ की कमला रसाइली र उनकी छोरी तुलसा रसाइली रहेका छन्।

उनीहरूको तत्काल उद्धार गरी उपचारका पाँचथर अस्पताल लगिएको र ती मध्य ९ जना गम्भिर घाइतेकाे त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल झापा रिफर गरिएको प्रहरीले जनाएको छ। बाँकी पाँच जनाकाे जिल्ला अस्पताल पाँचथरमै उपचार भइरहेकाे प्रहरीले जनाएको छ।

जीप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। जीप सडकदेखि ५० मिटर तल खसेको थियाे।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖