• Wednesday 7th of October 2026

युक्रेनको महत्त्वपूर्ण सहर नजिकै पुग्यो सेना, गाउँमाथि कब्जा


  • धनकुटा खबर
  • .

मस्को । रुसको रक्षा मन्त्रालयले पूर्वी युक्रेनको बोग्दानिव्का गाउँमा कब्जा गरेको दाबी गरेको छ । रुसको सेना पूर्वी बल यूक्रेनमा निरन्तर अगाडि बढ्ने प्रयास गरिरहेको छ र चासीव यार सहरबाट मात्र केही दूरीले टाढा छ ।

उता युक्रेन भने पछिल्लो छ महिनामा आफ्नो रक्षात्मक पङ्क्तिलाई बचाउनका लागि सेनाले सङ्घर्ष गरिरहेको छ । युक्रेनी सेना यस समय हतियारहरू, सेना र वायु सेनाको सुरक्षाको कमीको सामना गर्दैछ ।

रुसले यस गर्मीमा अझ बलियो रूपमा आक्रमण गर्न सक्ने विश्लेषकहरू विश्वास गर्छन् । रुस युक्रेनको रक्षात्मक रेखा तोडेर अगाडि बढ्न चाहन्छ ।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता रुस र युक्रेनबिच भीषण युद्ध चलिरहेको छ । रुसले यो आक्रमणलाई विशेष सैन्य कारबाही भनेको छ ।

युक्रेनले बारम्बार पश्चिमी देशहरूसँग मद्दत मागेको छ र थप हतियार उपलब्ध गराउन अनुरोध गरेको छ । अमेरिकी संसद्ले युक्रेनका लागि ६० अर्ब डलरको सहायता स्वीकृत गरेको छ । यता रुसले भने युक्रेनलाई अमेरिकाले दिएको सहयोगको अर्थ ऊ यो युद्धमा अझ गहिरो रूपमा फसेको र यसको नतिजा उसका लागि लाजमर्दो हुने बताएको छ ।-बीबीसी हिन्दी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖