• Sunday 18th of October 2026

कसरी अड्कियो गोरखामा यी पुरुषको मलद्वारमा बोत्तल ? यसरी एक महिनापछि शल्यक्रिया गरेर निकालियो


  • धनकुटा खबर
  • .

गोरखा । गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ । आइतबार गोरखा अस्पतालमा शल्यक्रिया गरेर ती पुरुषको मलद्वारबाट बोत्तल निकालिएको हो ।

‘उहाँको मलद्वारमा एक महिनाअघि देखि किटनाशक औषधीको मेटलको बोत्तल अड्किएको रहेछ’, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिद्धार्थ खनालले भने, ‘अलि सिरियस भएपछि आज अस्पताल ल्याइएको रहेछ । करिब ३ घण्टाको अप्रेशन पश्चात बोत्तल निकाल्न सफल भयौं ।’

ती पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७.५ सेन्टिमिटर चौडाइको बोत्तल निकालिएको डा खनालले जानकारी दिए । ‘बोत्तल अड्किएको लामो समय भएकाले पेटमा संक्रमण पनि फैलिसकेको रहेछ, हामीले त्यो पनि सफा गरिदियौं’, उनले भने ।

बोत्तल कसरी उनको मलद्वारभित्र अड्कियो भन्ने विषयमा आफूहरुले पनि जानकारी लिइरहेको अस्पतालले जनाएको छ ।

सर्जन डा. जीतेन्द्र सिंह र विश्वराज खड्का र एनेस्थेसिया डा. शम्भु अधिकारीको टिमले उनको सफल शल्यक्रिया गरेका हुन् । बिरामीको हाल आइसियु कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖