• Wednesday 7th of October 2026

२ करोड डलरको घरमा फर्किए प्रियंका र निक


  • धनकुटा खबर
  • .

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनस अमेरिकाको लसएन्जलसस्थित घरमा फर्किएका छन्।

उनीहरूले सन् २०१९ मा करिब २ करोड डलरमा घर किनेका थिए। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार घरमा पानी चुहावटको समस्या देखिएपछि उनीहरूले घर छाडेका थिए। उनीहरू लामो समयदेखि घरमा पानी चुहावटको समस्या झेल्दै आएका थिए। जसले गर्दा उनीहरूको घरको भित्तामा ओसिलोपन समेत देखिन थालेको थियो।

प्रियंका र निकले यस विषयमा प्रोपटी डिलरविरूद्ध मुद्दा समेत दायर गरेका थिए। उनीहरूले मे २०२३ मा घर बेच्नेविरुद्ध मुद्दा हालेका थिए। मुद्दामा क्षतिग्रस्त वस्तुहरूको मर्मत खर्चको क्षतिपूर्तिको माग गरिएको थियो। यसको मर्मत गर्न करिब १५ देखि २५ लाख डलर लागेको बताइएको छ।

घर मर्मत भएपछि प्रियंका श्रीमान निक र छोरी मालतीसँग घरमा फर्किएकी छन्।

यस घरमा ७ बेडरूम, ९ बाथरूम, तापमान नियन्त्रित वाइन सेलर, शेफ किचन, होम थिएटर, बलिङ गल्ली, स्पा, स्टिम शावर, जिम र बिलियर्ड कोठा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖